बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चश्मा लगाइदिएपछि गाईले दिन थाल्यो धेरै दुध

आइतबार, ०२ माघ २०७८, १० : ३९
आइतबार, ०२ माघ २०७८

 

गाईलाई घाँस–पिठो खान दिएपछि धेरै दुध दिने गरेको पाइएको छ । प्रजाति सुधार गरेर पनि गाईको दुध बढाउने प्रयास सबैतिर भइरहेको छ । तर यसका लागि पैसा पनि धेरै नै लाग्छ ।

तर गाईको दुध बढाउने प्रयासमा एउटा यस्तो अचम्मको तरिका अपनाइएको छ जुन सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर यो साँचो हो, टर्कीका एक किसानले आफ्नो गाईले धेरै दुध देओस् भनेर प्रविधिको सहारा लिएका छन् ।

विशेष प्रविधिको प्रयोगबाट बढ्यो गाईको दुध उत्पादन

डेली मेलका अनुसार टर्कीको अक्साराय सहरमा बस्ने किसान इज्जेत कोकाकले आफ्नो गाईलाई भर्चुअल रियालिटी वाला चस्मा लगाइदिएका छन् । यसबाट किसानलाई फाइदा पनि भयो । किनकी गाईले सामान्य भन्दा बढी दुध दिन थाल्यो ।

यसो गर्दा गाईले आफूलाई ठूलो घाँसको मैदानमा चरिरहेको महसुस गर्ने गर्छ । तर वास्तवमा किसानले गाईलाई आफ्नै गोठमा बाँधेर राखेको हुन्छ  ।

यस प्रविधिको फाइदा अन्य किसानलाई पनि थाहा हुन थालेको छ । यस्तो प्रविधि अन्य किसानले पनि अपनाउन थालेका छन् । यसबारे एउटा अनुसन्धान पनि भएको छ जसअनुसार गाई–भैँसीलाई हरियो मैदान देखायो भने उसले औसतभन्दा बढी दुध दिन्छ भन्ने तथ्य सार्वजनिक भएको छ ।

गाईले दिन्छ धेरै दुधः

आफूहरुले गाईको आँखामा भीआर चस्मा लगाउनाले आफूलाई धेरै फाइदा मिलेको किसानले बताएका छन् । यसबाट उनीहरुको  दुध उत्पादनमा वृद्धि भएको जानकारीमा उल्लेख छ । आफ्नो गाईले २२ लिटर दुध दिने गरेकोमा हाल आएर २७ लिटर दूध दिन थालेको किसानले बताए । पशुलाई भीआर चश्माको माध्यमबाट एक हराभरा मैदान देखिन्छ र गाईलाई त्यो ठूलो मैदानमा चरेको जस्तो अनुभव हुन्छ । यसै कारण उसले धेरै दुध दिन्छ ।

यसको प्रयोग वरपरका किसानले पनि आफ्नो गाई​ भैँसीमा गरे र उनीहरुले पनि ठूलै लाभ उठाएका छन् । उत्पादन धेरै भएकाले उनीहरुको पनि कमाइमा वृद्धि भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप