लमजुङमा एकैदिन आठजनामा कोरोना संक्रमण

लमजुङमा शनिबार एकैदिन आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि एन्टिजेन परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल लमजुङले जनाएको छ ।
जिल्ला अस्पतालमा एन्टिजेन गर्दा एकैदिन यतिका धेरै संख्यामा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार शनिबार चार पुरुष र चार महिनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुने अधिकाशंमा रुघाँखोकी, ज्वरो, जिउ दुख्ने, घाँटी दुख्ने समस्या लिएर अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । शनिबार संक्रमण पुष्टि हुने आठजनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ । जसमध्ये ६ जना होम आइसोलेशनमा रहेको र दुईजना अस्पतालको आइसोलेसनमा उपचाररत रहेको अस्पताल प्रमुख श्रेष्ठले बताए ।
पछिल्लो साता अस्पताल आउने अधिकाशं विरामीको एन्टिजेन गर्दा संक्रमण पुष्टि हुने गरेको छ । संक्रमण जोखिम बढेपछि अस्पतालले २५ बेडको आइसोलेनस तयारी अवस्थामा राखेको छ । मास्कबिना अस्पताल प्रवेशमा निषेध गरिएको छ । विरामीलाई भौतिक दूरी कायम गर्दै समय समयमा स्यानिटाइजर प्रयोग गर्न भनिएको छ । एक सय ५० अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको छ । कोरोना संक्रमण जोखिम बढेपछि अस्पतालले यसअघि सुरु गरेको हेलो डाक्टर सेवा र मनोविमर्श सेवा पुनः सुचारु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य