शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिडले बन्द भयो अमिताभ बच्चनको काम

आइतबार, ०२ माघ २०७८, १० : ०७
आइतबार, ०२ माघ २०७८

कोरोना भाइरसको तेस्रो लहरमा संक्रमित बिरामीको आंकडा लगातार बढिरहेको छ । यसैका कारण स्थिति खतरनाक अवस्थामा पुगेको छ । कोरोना संक्रमित बिरामीको संख्या दैनिक साढे दुई लाख नाघ्दै आएको छ । यस पटक कोरोनाको असर रोजगारीमा देखिन थालेको छ । कोरोना भाइरसको तेस्रो लहरको मार बलिउडका महानायक अमिताभ बच्चनलाई पनि  परिरहेको छ । किनकि अमिताभ बच्चनको काम बन्द भएको छ । यो कुरा उनले स्वयं सोशल मीडियाको माध्यमबाट आफ्ना फ्यानहरुलाई जानकारी गराएका हुन् । अमिताभ बच्चनले सोशल मीडियामा एक पोस्ट सेयर गरेका छन् जसमा उनले आफ्नो काम बन्द भएको उल्लेख गरेका छन् । हाल उनको शरीरमा एउटा चिजको मात्रै वृद्धि भइरहेको उल्लेख गरेका छन् ।

उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा एक तस्बिर सेयर गरेका छन् । यो तस्बिरमा अमिताभ बच्चनले आफ्नो अनुहार जूम गरेर देखाएका छन् । जसमा अभिनेताको अनुहारको चाउरी परेको समेत स्पष्ट देखिएको छ । यो तस्बिरमा अभिनेताको अनुहारको मुस्कान पनि देख्न सकिन्छ । तस्बिरमा आँखा पनि धेरै नै चम्किरहेको छ ।

यो तस्बिरसँगै अमिताभ बच्चनले क्याप्सनमा आपूmसँग अब कुनै काम नभएको उल्लेख गरेका छन् । उनले क्याप्सनमा लेखेका छन्, ‘काम साम सबै बन्द छ, केबल दाह्री मात्रै बढिरहेको छ ।’ अमिताभ बच्चनको यो पोस्ट फ्यानकाबीच व्यापक भाइरल भरहेको छ ।

यो तस्बिरमा केही घण्टाको अन्तरमै ३ लाख ९० हजार भन्दा बढी लाइक आइसकेको थियो र यो संख्यामा लगातार वृद्धि भइरहेको छ । यो तस्बिरमा बिपाशा बसुले टिप्पणी गरेकी छन्, ‘सो क्यूट ।’

उनको आगामी दिनलाई हेर्ने हो भने उनका कयौँ ठूला फिल्म आउने वाला छन् । उनको आगामी फिल्महरु ब्रम्हास्त्र, झुंड, रन वे, द इन्टर्न र गुड ब्याये समावेश छन् । तर कोरोनाका कारण उनी सुटिङ गरिरहेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप