शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङका बाढीपीडितलाई प्रदेश सरकारको दुई लाख राहत

आइतबार, ०२ माघ २०७८, ०९ : २८
आइतबार, ०२ माघ २०७८

गण्डकी प्रदेश सरकारले मनाङका बाढीपीडितलाई दुई लाख राहत उपलब्ध गराएको छ । प्रदेश सरकारले विशेष प्याकेज अन्तर्गत ६१ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरेको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नासों गाउँपालिकाको ३९, चामे गाउँपालिकाको ९, नार्पाभूमि गाउँपालिकाको ७ र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरिएको बताए ।

उनकाअनुसार गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ भए पनि ३९ जनाले दुई लाख रुपैयाँका दरले राहत पाएका छन् पाँच जनाको भेरीफाई हुन बाँकी भएकाले राहत प्रदान गरिएको छैन । प्रदेश सरकारले क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन उक्त रकम बाढीपिडितलाई प्रदान गरेको हो । प्रदेश सरकारबाट जिल्लाभरका ७४ लाभग्राहीका लागि एक करोड ४८ लाख रुपैयाँ बजेट आएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार एक लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप एक लाख गरी दुई लाख रुपैयाँ आएको उनले बताए । उनकाअनुसार यो रकम निजी आवास पुनर्निर्माणका लागि आएको हो । संघ सरकार र स्थानीय सरकारको रकम आउन बाँकी रहेको बताए । मनाङमा पुननिर्माणका लागि केन्द्र सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप