भारतमा पछिल्लो २४ घण्टामा २.६९ लाख नयाँ संक्रमित भेटिए, सक्रिय संक्रमित १५ लाख पार
आइतबार, ०२ माघ २०७८, ०८ : ३३
भारतमा शनिबार २ लाख ६९ हजार ४९ नयाँ संक्रमित भेटिएका छन् । १ लाख २२ हजार ३११ जना निको भएका छन् जबकी ३०९ जनाको मृत्यु भएको छ । यसैगरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा १ लाख ३० हजार ७८५ को वृद्धि भएको छ । हाल भारतमा १५.४२ लाख सक्रिय संक्रमित छन् । तेस्रो लहरमा सक्रिय संक्रमित पहिलो पटक १५ लाख पार पुगेको छ ।
यसअघि शुक्रबार २.६८ लाख जना संक्रमित भेटिएका थिए । भारतमा हालसम्म कूल ३.७१ करोड संक्रमित भइसकेका छन् जसमध्ये ३.५० करोड निको भइसकेका छन् । हालसम्म ४,८६,०६१ जनाको मृत्यु भइसकेको छ ।
भारतमा १ जनवरीमा कूल सक्रिय संक्रमितको आँकडा १ लाख २२ हजार ८०१ थियो । यो हिसाबले १५ दिनमा नै कूल संक्रमितमा १२.५ गुणा वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा