ad
x

बेलायतमा एक महिनायताकै कम सङ्क्रमित

person explore access_timeमाघ २, २०७८ chat_bubble_outline0

लन्डन । बेलायतमा कोरोना सङ्क्रमित सङ्ख्या एक महिनायताकै कम भएको तथ्यांकले देखाएको छ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण तीव्र रूपमा फैलिएपछि बेलायतमा महामारीयताकै बढी सङ्क्रमित भएका थिए । एकै दिन दुई लाख बीस हजार भन्दा बढी सङ्क्रमित हुँदै आएकोमा अहिले यो सङ्ख्या घटेर ८१ हजारमा झरेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ८१ हजार ७१३ जना नयाँ सङ्क्रमित थपिएका छन् । 


यो सङ्ख्या गत वर्ष डिसेम्बर १५ पछिकै सबैभन्दा कम हो । योसङै बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५१ लाख ४७ हजार १२० पुगेको छ ।  बेलायतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण तीव्र भएपछि स्वास्थ्य क्षेत्र लगायतका विभिन्न ठाउँमा कर्मचारी अभाव भएपछि सोमबारबाट कोरोना सङ्क्रमण पोजेटिभ भएका मानिसहरूले पाँच दिन आइसोलेसन बसेर पाँचौँ र छैटौँ दिनको  नेगेटिभ ल्याटरल फ्लो नतिजा आएपछि आइसोलेसनमुक्त हुन सक्नेछन् ।



यद्यपि कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने अझै उच्च छ । यहाँ पछिल्लो एक सातामा एक हजार ८४३ जनाको मृत्यु भएको छ । यो सङ्ख्या अघिल्लो साताको तुलनामा ४५ प्रतिशत बढी हो । गएको २४ घण्टामा २८७ सङ्क्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ५ हजार ८९९ पुगेको छ ।



यसै गरी कोरोना सङ्क्रमणका कारण गएको २४ घण्टामा दुई हजार ४२३ जना अस्पताल भर्ना भएका छन् । हाल बेलायतका अस्पतालमा १९ हजार ५३९ जनाको उपचार भइरहेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’को तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ७७७ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।



यसै गरी बेलायतमा ९०.५ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउनेको सङ्ख्या ८३.२ प्रतिशत रहेको छ । बुस्टर अर्थात् तेस्रो मात्रा खोप लगाउनेको सङ्ख्या पनि ६३ प्रतिशत भन्दा बढी छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।