भ्वाइस किड्स सिजन १ को उपाधि जेनिश उप्रेतीलाई
शनिबार, ०१ माघ २०७८, २३ : ०२
बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको उपाधि जेनिश उप्रेतीले जितेका छन् । झापाका जेनिश पहिलो सिजनको द भ्वाइस किड्सका बिजेता बनेका हुन् । विजेता बनेसँगै उप्रेतीले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । शनिबार भएको ग्रान्ड फिनालीमा आठजना प्रतिस्पर्धीबीच उनी छानिएका हुन् ।
दर्शकको प्राप्तको मतको आधारमा विजेता घोषणा गरिएको आयोजक पक्षले जनाएको छ । टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए ।
द भ्वाइस किड्सको निर्णायकमा गायक प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा