ब्राजिलमा ५–११ वर्षका बालबालिकालाई कोभिड–१९ विरुद्ध खोप लगाउन सुरू
ब्राजिलले पाँचदेखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान सुरु गरेको अधिकारीलाई उदृत गरी ब्राजिलियाली सञ्चारमाध्यम सीएनएन ब्रासिलले जनाएको छ । ब्रासिलका अनुसार यो उमेर समूहमा खोप लगाउने पहिलो बच्चा आठ वर्षीय आदिवासी बालक रहेका छन् ।
उनलाई साओ पाउलो अस्पतालमा खोप लगाइएको हो । डिसेम्बर १६ मा ब्राजिलको स्वास्थ्य नियामक एन्भिसाले पाँच देखि ११ वर्षका बालबालिकाहरूमा प्रयोग गर्नका लागि फाइजर–बायोएनटेकको कोभिड–१९ विरूद्धको खोपलाई अनुमोदन गरेको थियो ।
यो खोप बालबालिकाको लागि लगाउन सुरक्षित रहेको बताइएपछि विभिन्न देशहरूमा उक्त उमेर समूहका बालबालिकालाई पनि खोप दिन थालिएको छ । नर्वेलगायतका कतिपय यूरोपेली मुलुकले पनि बालबालिकाका लागि यसको प्रयोग गर्न अनुमति दिइसकेका छन् ।
यद्यपि, बालबालिकालाई खोप लगाउनु आवश्यक नभएको भन्दै ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले आफ्नो ११ वर्षीया छोरीले बालबालिकाको लागि लगाइने भनिएको खोप नलगाउने बताएका छन् ।
ब्राजिलले सन् २०२१ को जनवरीमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म ३२ करोड मात्रा खोपको व्यवस्था गरेको छ । यहाँ हाल लगभग १४ करोड ३० लाख मानिसहरू अर्थात् ६८ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या