शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आन्दोलनरत पक्षसँग सहमति भयो : नोबेल मेडिकल कलेज

शनिबार, ०१ माघ २०७८, २२ : ०६
शनिबार, ०१ माघ २०७८

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको कलेजले जनाएको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेको कलेजले जनाएको हो ।

छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको कलेजको भनाइ छ। दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको बताइएको छ । यसअघि प्रति विद्यार्थी मासिक १२ हजार लिइदै आएको होस्टेल शुल्क घटाएर अब कलेज प्रशासनले १० हजारमा झार्ने भएको छ । यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले पनि त्यसमा लचकता देखाएर होस्टलमै विद्यार्थी बसाउन तयार भएको कलेजको भनाइ छ । त्यस्तै, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क तिर्न अभिभावकहरू तयार भएका छन् ।

सहमति पत्रमा नोबेल मेडिकल कलेजका तर्फबाट प्राचार्य प्रा.डा. रामहरी घिमिरे, सल्लाहकार डा.केपी शर्मा र प्रबन्धक नारायण प्रसाद दाहालले हस्ताक्षर गरेका छन् । यता, आन्दोलनरत विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै उनीहरूका अभिभावक वीरेन्द्र भगत, राजेन्द्र बहादुर थापा, प्रकाश फुयाँल र रामकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सहमति जुटेकाले अब विद्यार्थी आन्दोलन स्थगित हुने अभिभावकहरूले जनाएका छन् । नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले पनि अभिभावकहरूसँग सहमति जुटेकाले विद्यार्थी आन्दोलन स्थगित भएर अब पठनपाठन सुचारु हुने प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप