बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सुर्खेतमा निस्सासिएर एकै परिवारका ४ जनाको मृत्यु

शनिबार, ०१ माघ २०७८, २१ : ४९
शनिबार, ०१ माघ २०७८

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकाघरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र  कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट शनिबार घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।  

शनिबार बेलुका सूचना पाउने वित्तिकै त्यहाँ पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार मृतक कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट आउँदै गरेकाले चारै जनाको शव परीक्षण हुन सकेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप