बन्दीपुर जीप दुर्घटना : घाइते २ जना उपचारपछि घर फिर्ता (अपडेट)
तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित भित्री सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनाका घाइतेमध्ये दुई जना उपचारपछि घर फिर्ता भएका छन् । साराङघाटबाट धरमपानीतर्फ आउँदै गरेको जीप दुर्घटनामा घाइते भएका आठ जनामध्ये दुई जना भरतपुर अस्पतालमा उपचार पश्चात् घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार २१ वर्षीया जमुना थापा र १८ वर्षीय कुमार थापा उपचार पश्चात् घर फिर्ता भएका हुन् । अन्य घाइतेको अवस्था पनि सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया सनिसा थापा, सात महिनाकी बालिका विविशा थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपीन थापाको उपचार भइरहेको छ । दुर्घटनामा बन्दीपुर गाउँपालिका–६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, ९ महिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया विममाया गुरुङको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या