शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस जिल्ला अधिवेशन : धनुषामा सन्तोष यादव संस्थापनका सभापतिका उम्मेदवार

शनिबार, ०१ माघ २०७८, २० : ४६
शनिबार, ०१ माघ २०७८

नेपाली काँग्रेस संस्थापन पक्षले धनुषा जिल्ला सभापतिको उम्मेदवारमा सन्तोष यादवलाई अघि सारेको छ । नेपाली काँग्रेस धनुषामा जिल्ला अधिवेशन हुँदैछ । सोही अधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुको भेलाबाट यादवलाई सभापतिमा उम्मेदवार बनाउने  निर्णय गरिएको केन्द्रिय सदस्य रमेश रिजालले जानकारी दिए । उनले पार्टीलाई आउने निर्वाचनमा बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउदै यसको लागि युवा र काम गर्ने व्यक्तिको आवश्यकता रहेकाले यादवलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गर्नु परेको पनि बताए । यादव सबैभन्दा योग्य व्यक्ति रहेको कारणले सबैसँग छलफल गरेर उम्मेदवार बनाउने निर्णय लिएको नेता रिजालको भनाई छ ।

भेलामा बोल्दै काँग्रेस नेता आनन्द ढुंगानाले अहिलेपनि लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने  दायित्व नेपाली काँग्रेसको काँधमा रहेको  बताए । उनले नेपाली काँग्रेसको नेतृत्वमा संविधानको सफल कार्यान्वयन र निर्वाचन आवश्यक रहेको बताउनुभयो । ढुंगानाले संविधानलाई बलियो बनाउनुको साथसाथै संघीयताको संस्थागत विकासमा समेत काँग्रेसको काँधमा दायित्व आएको बताए ।

त्यसैगरि काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी विधि र प्रक्रिया अनुसार चल्नुपर्ने आवश्यकता रहेको औल्याउँदै अहिले लोकतन्त्रको पर्यायवाची नै आफनो पार्टी भएको जिकिर गरे । उनले अहिले पार्टीलाई गुटगत भन्दापनि सबैको मन जित्ने खालको नेतृत्वको आवश्यकता रहेको औंल्याउनुभयो । यादवले युवाको काँधमा जिम्मेवारी आउँदा आउने निर्वाचनमा जिताउने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप