मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सत्तारुढ दलले युवाशक्तिको दुरुपयोग गरे : महेश बस्नेत

शनिबार, ०१ माघ २०७८, १८ : ३९
शनिबार, ०१ माघ २०७८

नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले सत्तारुढ दलले युवा शक्तिको दुरुपयोग गरेको बताएका छन । शनिबार प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले अहिलेका सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले युवा शक्तिको दुरुपयोग गरेको बताएका हुन् । 

नेता बस्नेतले कुनै बेला काँग्रेसले युवालाई प्रयोग गरेर राष्ट्रिय सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाए । त्यसैगरी नेता बस्नेतले माओवादीले वाइसिएलको नाममा आपराधिक क्रियाकलापमा लगाएको आरोप समेत लगाए  ।

 उनले भने, ‘माओवादीले वाइसिएल बनाएर युवालाई लुटपाट हत्या, हिंसा,आतंक मच्चाउन प्रयोग गर्यो । धम्काउने, तर्साउने, अपहरण गर्ने, पैसा असुल्ने जस्ता प्रवृति देखियो । काँग्रेसले पनि राज्यको स्रोत शक्तिलाई दोहन गर्न युवालाई प्रयोग गर्यो । एउटा युवा राजनीतिमा लागेर पुलिसको सरुवा गर्न, झगडा मिलाउन र कसैलाई प्रमोसन गराएर आएको कमिसनले गुजारा चलाउँछ ।’

नेता बस्नेतले गलत ढंगले युवाहरुलाई दुरुपयोग गर्ने प्रवृति विगतमा कांग्रेसबाट शुरु भएको दावी गरे ।   उनले राष्ट्रिय युवा संघले बाहेक अन्य पार्टीका युवा जमातले आन्दोलनको सही सदुपयोग गर्न नसकेको दावी समेत गरे  । 
नेता बस्नेतले राष्ट्रिय सार्वभौमसत्ताको पक्षमा वर्तमान सरकार बोल्न नसकेको आरोप लगाए । उनले मोदीले लिपुलेकको बारेमा दिएका मन्तव्यका वारेमा सरकार मौन बसेको आरोप लगाउदै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भू–भाग भएकाले आफ्नो भूमि भएको दावी गर्न ढिला गर्न नहुने बताए ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले खोपको ग्यारेन्टी गरेकै कारण महामारी फैलन नपाएको तर्क गरे । उनले सरकारले बुस्टर र बाँकी रहेको खोप लगाउने कुरामा चोसो नदेखाएको आरोप लगाए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप