सुर्खेतमा शनिबार रातिदेखि ‘स्मार्ट लकडाउन’
सुर्खेतमा शनिबार राती १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ गरिएको छ । सुर्खेत प्रशासनले एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएको हो । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी रोकथाम नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवम् गृह मन्त्रालयको निर्णय संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी शनिबार राती १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म ‘स्मार्ट लकडाउन’ को घोषणा गरिएको हो ।
आदेशअनुसार २५ जनाभन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनुपर्ने समेत भनिएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार खोप कार्ड मोबाइलमा फोटो भएपनि मान्य हुनेछ भने आवश्यक कार्यक्रम सञ्चालन गर्नुपरे प्रशासनको अनुमति लिनुपर्नेछ ।
यस्तै माघ १५ गते सम्म सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने, विद्यालय र शैक्षिक संस्थाको परीक्षा भने सुरक्षाका मापदण्डहरु पालना गरी गर्न सकिने छ । आदेशमा तोकिएअनुसार नियमको पालना नगरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने रिजालले जानकारी दिए ।
सार्वजनिक सवारीको सन्दर्भमा स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ भने सबै यात्रुहरुले मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने भनिएको छ । मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइजर गर्नुपर्नेछ ।
कोरोना कालको अबस्थामा औषधि लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपुर्तिमा कृतिम अभाव सृजना गर्ने, मुल्य वृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गरे कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
साथै प्रशासनले कोरोना भाइरस सम्बन्धी आदेशको पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित अनुगमन गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख