बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धादिङमा डोजरसँगै पुरिएका ३ जनामध्ये १ जनाको शव भेटियो

शनिबार, ०१ माघ २०७८, १७ : २८
शनिबार, ०१ माघ २०७८

धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजरसँगै पुरिएका ३ जनामध्ये १ जनाको शव भेटिएको छ । शनिबार एकजना बख्खु लगाएका व्यक्तिको शव भेटिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन् । शव भेटिएका व्यक्तिको भने पहिचान भैनसकेको उनले बताए ।  

अन्य २ जनाको अवस्था अझै अज्ञात छ । बिहिबार विहान डोजरमा सवार चालकसहित ३ जना बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजीका लागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप