शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप २०६ जनामा कोरोना भाइरस संक्रमण

शनिबार, ०१ माघ २०७८, १६ : ००
शनिबार, ०१ माघ २०७८

गण्डकी प्रदेशमा थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३२ जनामा गरिएको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर प्रविधिबाट ११३ र एन्टिजिन परीक्षणबाट ९३ जनामा संक्रमण पुष्टि भएको हो । 

प्रदेशमा केही दिनदेखि क्रमशः कोरोना संक्रमण उच्च रुपमा बृद्धि भएको छ । एक हप्तामा गण्डकीमा कोरोना संक्रमण तीव्ररूपमा बृद्धि भएको छ । गत आइतबार प्रदेशका विभिन्न जिल्लामा ३८ जना मात्र संक्रमित देखिएकोमा सोमबार ७०, मंगलबार ११४, बुधबार १२१, बिहीबार १६५ शुक्रबार १८६ र आज शनिबार २०६ जनामा संक्रमण देखिएको हो ।

एक हप्ताको तथ्याङक हेर्दा प्रदेशमा कोरोना संक्रमण तीब्र गतिमा बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा कास्कीमा ८०, लमजुङ ११, पर्वतमा १, स्याङजा २२, म्याग्दी १४, तनहुँ ९ र नवलपरासी पूर्वमा ६९ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ८९ हजार ४३८ पुगेको छ । 

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा थप १३ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ५३ पुगेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५९ हजार ५०१ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ९५८ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ९२४ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप