बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आलोचनापछि योगेशले भने, ‘पत्र वाचन गर्दा खोलेको मास्क लगाउन भुलेछु’

शनिबार, ०१ माघ २०७८, १५ : ५८
शनिबार, ०१ माघ २०७८

नेकपा एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईको यति बेला बालुवाटारमा आयोजित कार्यक्रममा मास्क नलगाएको भन्दै आलोचना भइरहेको छ । आलोचना बढेपछि भट्टराईले सो घटनाबारे स्पष्टीकरण दिएका छन् ।

सरकारलाई कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि ध्यानाकर्षण पत्र बुझाउन एमालेको प्रतिनिधिमण्डल बालुवाटार पुगेको थियो । सो कार्यक्रमको सार्वजनिक भएको तस्बिरमा भट्टराईले मास्क लगाएको देखिँदैन । ‘नाक÷मुखमा लगाउनुपर्ने मास्क खुट्टामा लगाएको’ भन्दै सामाजिक सञ्जालमा भट्टराईमाथि व्यङ्ग्यसमेत गरिएको छ ।

​जवाफमा भट्टराईले सो कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयले निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेको जिकिर गरेका छन् । उनले ध्यानाकर्षण पत्र वाचन गर्दा आफूले मास्क खोलेको र पत्र हस्तान्तरण गर्दा भने मास्क लगाउन भुलेको बताएका छन् । उनले लेखेका छन् :

आज कोभिड- १९ का सम्बन्धमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउने कार्यक्रममा हाम्रो प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको सचिवालयद्वारा निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेको अनुरोध गर्दछु । ध्यानाकर्षण पत्र वाचनका क्रममा मैले मास्क खोलेको थिए । तत्क्षण पत्र हस्तान्तरण गर्नुपर्दा मास्क लगाउन भुलेको बारेमा सञ्चारमाध्यममा आएको टिप्पणीको स्वागत गर्दछु । विषय र घटनाको सार र रूप पक्षलाई छुट्याएर बुझ्न सबैमा अनुरोध गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप