नेपालको भूमिमा भारतको बाटो : सङ्घर्षमा उत्रन महासङ्घको आह्वान
अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकसम्म बाटो बनाएको भनी केही दिन अगाडि दिएको सार्वजनिक अभिव्यक्तिको निन्दा र भर्त्सना गरेको छ ।
सङ्गठनका अध्यक्ष जगदीश चन्द्र तथा महासचिव हिरामणि दुःखीको संयुक्त हस्ताक्षरमा जारी वक्तव्यमा भनिएको छ–‘ हालै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक कार्यक्रममा नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप हुने गरी तिब्बतको मानसरोवर पुग्नका लागि नेपालको भूभागमा पर्ने लिपुलेकसम्म सडक विस्तार भइसकेको भनी दिएको अभिव्यक्ति प्रति हाम्रो सङ्गठनको ध्यानाकर्षण भएको छ र उक्त कार्यको हाम्रो सङ्गठन तीव्र निन्दा एवम् घोर भर्त्सना गर्दछ ।’ भारती शासक वर्गले यस अघि पनि नेपालको दर्जनौँ ठाउँको भूभाग मिचेको र नेपालमाथि अनेकौँ प्रकारले गरिएको हस्तक्षेपको पनि विरोध गरेको छ ।
भरखरै मात्र सङ्गठनको केन्द्रीय समितिको बैठकका निर्णयहरूबारे जानकारी गराउन जारी गरिएको वक्तव्यमा नेपालको संसद्बाट पारित गर्न र गराउन लागिएको राष्ट्रघाती एमसीसी सम्झौताको पनि कडा रूपमा विरोध गरेको जनाएको छ । उसले यसप्रकारका राष्ट्रघाती सम्झौता तथा नेपालमाथि भइरहेको वैदेशिक हस्तक्षेपका विरुद्ध सम्पूर्ण संस्कृतिकर्मीहरू एकजुट भएर विरोधमा उत्रन आह्वान पनि गरेको छ । वक्तव्यमा नेपालमा भइरहेको वर्तमान सरकारद्वारा सिर्जित बेरोजगारी, भ्रष्टाचार, कमिशनतन्त्र, दिनहुँ जसो आकशिँदै गएको महँगी र कालो बजारीबाट आक्रान्त नेपाली जनताको दैनिक जीवन झन् झन् कष्टकर हुँदै गएको जनाउँदै त्यसका विरुद्ध सशक्त रूपमा प्रतिरोधमा उत्रनुपर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता