मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

किसानको बिजुलीको बिल गोलबजार नगरपालिकाले तिरिदिने

शनिबार, ०१ माघ २०७८, १३ : ५९
शनिबार, ०१ माघ २०७८

गोलबजार नगरपालिकाले किसानको कृषि बिजुली बिल तिर्ने निर्णय गरेको छ । कृषिमा लागत अनुसार आम्दानी नभएको निष्कर्ष निकाल्दै सो नगरपालिकाले कृषिमा किसानको लागत कम गर्न कृषिका लागि जडान गरिएको मिटरको बिल नगरपालिकाले तिरिदिने निर्णय गरेको मेयर देवनाथ साहले बताए । 

माघ १ गतेदेखि सो बिल तिरिदिने नगरपालिकाको तयारी रहेको बताउँदै उनले त्यसका लागि कार्यविधिहरू बनिरहेको बताए । नगरपालिकाभित्र ५९२ कृषि मिटर रहेको छ । अझै  जडान गर्ने काम भइरहेकाले मिटरको संख्या अझै बढ्ने सम्भावना रहेको उनले बताए ।  यसअघि बिजुलीको बिल नतिरेको कारण केही डीप बोरिङहरु बन्दको अवस्थामा थियो । नगरपालिकाले गत वर्ष ती डीप बोरिङहरुको बिजुलीको बक्यौता रकम भुक्तानी गरेपछि अहिले सञ्चालनमा आएको उनले बताए । उनले भने, यहाँका किसानले आकाशको भरमा खेती गर्छन् तर समयमा पानी न पर्दा किसानहरू मर्कामा परिरहेको थाह पाएर नै कृषिका लागि बिजुलीमा नगरपालिकाले पुरा सहयोग गर्न लागेको छ ।’

गोलबजार नगरपालिका कृषिमा आत्मनिर्भर जस्तै थियो, तर पछिल्लो समय सिँचाइका अभावका कारण तरकारी उत्पादनमा कमी आएको छ । गोलबजार नगरपालिकामा लाग्ने विभिन्न बजारमा अहिले बाहिरबाट पनि तरकारी आउन थालेको छ । तरकारीलगायत कृषिका अन्य बालीमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले प्रयास गरिरहेको मेयर साले बताए ।  तराई मधेसमा यतिखेर किसानका लागि विभिन्न माग राखी सिके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन गरिरहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप