फुडमाण्डूमा डोल्मा इम्प्याक्टको ४६ करोड लगानी
शनिबार, ०१ माघ २०७८, १३ : ०२
फुड डेलिभरी गर्ने ई–कमर्श कम्पनी फूडमाण्डु डटकममा डोल्मा इम्प्याक्टले ४६ करोड रुपैयाँ (४ मिलियन डलर) लगानी गर्ने भएको छ । डोल्मा र फुडमाण्डूबीच उक्त लगानी गर्ने सम्बन्धी प्रारम्भिक पत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।
हाल फुडमाण्डूले काठमाडौं उपत्यकासहित पोखरामा समेत अनलाईनमार्फन फुड डेलिभरी गर्दै आएको छ । डोल्माको लगानीपछि फुडमाण्डूले देशभर सेवा विस्तार गर्ने योजना बनाएको छ ।
नेपालमा लगानी गर्ने लक्ष्यसहित स्थापना भएको डोल्मा इम्प्याक्ट फण्डले यसअघि ई–कमर्श कम्पनी सस्तोडिलमा समेत लगानी गरेको थियो । यससँगै सहरी क्षेत्रमा कार्गो सेवा दिने उपायमा समेत इम्प्याक्टले लगानी गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी