शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘जनस्वास्थ्यमा खतरा’ भएको आरोप लगाउँदै जोकोविच दोस्रोपटक हिरासतमा

शनिबार, ०१ माघ २०७८, १२ : ०६
शनिबार, ०१ माघ २०७८

विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोविचलाई अस्ट्रेलियाले दोस्रोपटक हिरासतमा लिएको छ । जोकोविचका वकिलले यसबारे जानकारी दिएका हुन् । अब आइतबार अस्ट्रेलियाको एक अदालतमा उनको सुनुवाइ हुनेछ । अस्ट्रेलियाको सरकारले उनलाई जनस्वास्थ्यमा खतरा बताएको छ । अब अदालतले जोकोविच अस्ट्रेलियामा बिना खोप बस्न पाउने कि नपाउने निर्णय गर्नेछ । यसअघि अस्ट्रेलियाको अध्यागमन मन्त्री एलेक्स हकले जोकोविचको भिसा रद्द गरेका थिए ।

जोकोविचका वकिलले अस्ट्रेलिया सरकारको यस फैसलालाई तर्कहीन बताएको छ । उनीहरुले यसविरुद्ध अदालतमा अपिल गरेका छन् जसको सुनुवाइ आइतबार हुने भनिएको छ । जोकोविचले यदि अस्ट्रेलिया ओपनमा खेल्ने हो भने सोमबारसम्म प्रतियोगितामा सामेल भइसक्नुपर्नेछ । यदि उनले अदालतमा मुद्दा हारे भने उनको भिसा रद्द गरिनेछ र तीन वर्षका लागि अस्ट्रेलियाको भिसा लिन प्रतिबन्ध गरिनेछ ।

अस्ट्रेलिया ओपन प्रतियोगितामा आउनुभन्दा अघि जोकोविच कोरोना सङ्क्रमित हुँदा पनि गत महिना आफ्नो देशमा कयौँ कार्यक्रममा भाग लिएका थिए । जोकोविचले आफूलाई संक्रमण पुष्टि हुँदा पनि एक पत्रकारसँग भटेको स्वीकार गरिसकेका छन् । उनले अस्ट्रेलिया प्रवेश गर्दा अध्यागमनको फारममा पनि गल्ती गरेका थिए । यसको कारण उनी अस्ट्रेलिया पुग्ने बित्तिकै उनको भिसा रद्द गरिएको थियो ।

भिसा रद्द हुने मामिलामा जोकोविचले अस्ट्रेलिया सरकारविरुद्धको मुद्दा भने जितेका थिए । मेलबर्नको अदालतले अस्ट्रेलियाली सरकारले जोकोविचको भिसा रद्द गर्ने फैसलालाई गलत मानेको थियो । अदालतले सरकारले जफत गरेको उनको पासपोर्ट र बाँकी सामान फिर्ता गर्न पनि आदेश थियो । यसपछि उनले अभ्यास पनि सुरु गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप