भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा काँग्रेस नेता घिमिरे नियुक्त

भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा नेपाली काँग्रेसका नेता यादवप्रसाद घिमिरे नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार घिमिरे हिजोदेखि नै लागु हुनेगरी भूमि आयोग अर्घाखाँचीको अध्यक्ष नियुक्त भएका हुन् । पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानका घिमिरे नेपाल शिक्षक संघका अध्यक्ष समेत हुन् ।
काँग्रेस महासमिति सदस्य घिमिरे काँग्रेसको १४ औं अधिवेशनमा काँग्रेस जिल्ला सभापतिमा उम्मेदवार बनेका थिए । यद्यपि नेता घिमिरे अधिवेशनमा पराजित भएका थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुनेगरी अर्घाखाँचीसहित २८ जिल्लामा भूमि आयोगको जिल्ला समितिका अध्यक्षहरूलाई नियुक्ति पत्र दिएको बताइएको छ ।
यसअघि नेकपा एमाले नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग गठनमा राजनीति भएको भन्दै देउवा सरकारले एकसाथ देशभरका समितिहरु विघटन गरेको थियो । एमालेकै शैली पछ्याउँदै देउवा सरकारले पनि आस्थाको आधारमा अध्यक्षहरू नियुक्त गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म