कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनि सबै एक हौँ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एक जुट हुनुपर्ने बताएका छन् । शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमाले कोभिड नियन्त्रणका विषयमा ज्ञापनपत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताए ।
उनले भने, ‘धन्यवाद तपाईंहरूले चिन्ता व्यक्त गर्नु भएको छ । सरकार उत्तिकै चिन्तित छ । राष्ट्र नै एक हुनुपर्छ यस्तो कुरामा । तेरो पार्टी, मेरो पार्टी भन्दा पनि । राष्ट्र नै यसको लागि एक भएर जानुपर्छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको नयाँ चुनौती आएको छ । यसको मुकाबिला सबै लागेर गर्नुपर्छ । यसका लागि अर्को महत्त्वपूर्ण कुरा के लाग्छ भने ‘अवेरनस’ कार्यक्रम । जनतालाई बुझाउनुपर्ने कार्यक्रम राख्नुपर्छ । हामीले यसका लागि ‘अवेरनेस प्रोग्राम’नै जनतालाई भन्नु पर्छ, जनतालाई सम्झाउनुपर्छ । जनतालाई बुझाउनुपर्नेछ । यसका लागि हामी सबै पार्टीहरूले आ–आफ्नो ठाउँबाट यसको रोकथामको लागि प्रयास गर्नुपर्छ । जनतालाई सम्झाउनु, बुझाउनु पर्छ । ठिक छ, विपक्ष पार्टीको हिसाबले सरकारको विरोध गर्ने कुरा म बुझ्दछु । तर साथसाथै यो त सबैको समस्या हो । यसलाई रोकथाम गर्नका लागि सबैले ध्यान दिनुपर्छ भन्ने लाग्छ मलाई ।’
प्रधानन्त्रीले आफुले सरकारको नेतृत्व गरेपछि कोभिड विरुद्धको खोप लगाउने संख्या बृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउने गरी सरकार अघि बढेको पनि बताए । उनले सरकारले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको चुनौति सामना गर्नसक्दो कोसिस गरिरहेको पनि बताए । यता, एमालेले भने आफ्नो पार्टी नेतृत्वको सरकारले व्यवस्था गरेको कोभिडविरुद्धको खोपको समेत प्रभावकारी परिचालन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ । त्यसैगरी एमालेले बालिबालिका, गर्भवती, वृद्धवृद्धा, असक्तहरुलाई घरघरमै सो खोपको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेशकुमार भट्टराईले सो महामारी नियन्त्रणका लागि स्थानीय तह र स्थानीय स्वास्थ्य ईकाईसम्म स्रोतसाधन र जनशक्ति पर्याप्त मात्रामा उपलब्ध गराउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म