मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षित भएर माघे संक्रान्ति मनाउन प्रदेश प्रमुख शर्माको आग्रह

शनिबार, ०१ माघ २०७८, १० : २७
शनिबार, ०१ माघ २०७८

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले कोरोना संक्रमणको दर बढ्दै गइरहेको बेला स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चाडपर्व मनाउन आग्रह गरेका छन् । उनले शनिबार शुभकामना सन्देश जारी गर्दै आज मनाइँदै गरिएको माघे संक्रान्ति तथा माघी पर्व अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण देश नेपालमा भौतिक दुरी कायम राखि, सुरक्षित भएर माघे संक्रान्ति पर्वलाई उत्साहपूर्वक मनाउने समुदायका लागि प्रदेश प्रमुख शर्माले आग्रह गरेका छन् ।

‘हामीले मनाउने पर्वहरूको विशेषता र महत्वमा कुनै प्रकारको कमी नहुने गरी कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहन स्वास्थ्य मापदण्डको पालना गर्दै चाडपर्वहरू मनाउन समेत आग्रह गर्दछु शर्माको शुभकामना सन्देशमा भनिएको छ ।’  

उनले जारी गरेको शुभकामना सन्देशमा सबै समुदायले मनाउने चाडपर्वहरू राष्ट्रिय पर्व भएको उल्लेख गरेका छन् । ‘यस्ता पर्वहरूले हामी नेपालीलाई सहिष्णुतापूर्वक एउटै सुत्रमा बाँध्ने काम गरेको छ । यस सन्दर्भमा सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने आजको दिनलाई मकर संक्रान्ति वा माघीपर्वका रुपमा मनाइने गरिएकाले यसको आफ्नै विशेषता र सांस्कृतिक महत्व छ ।’ शुभकामना सन्देशमा उल्लेख छ ।

प्रमुख शर्माले यस पर्वले एक आपसमा सद्भाव, सहिष्णुता र प्रगाढ पारस्परिक सम्बन्ध अभिवृद्धि गराउन थप मदत पुग्नेमा पनि विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप