आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा

शनिबार, ०१ माघ २०७८, ०८ : ५८
शनिबार, ०१ माघ २०७८

मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित गर्दै मोरोक्कोले समूह चरणमा लगातार दोस्रो जित निकालेको हो । 

१६औँ मिनेटमा सेलिम अमाल्लहले गरेको गोलबाट मोरोक्कोले अग्रता बनायो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा जाकारिया ओबउख्लालले गोल गरेपछि मोरोक्कोले जितसँगै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो ।

प्रतियोगिताअन्तर्गत समूह ‘सी’ मा रहेको मोरोक्कोले दुई खेलबाट ६ अंक जोडेको छ । उसले एक खेलअगावै नकआउट यात्रा तय गर्‍यो ।  दुई खेल खेल्दा पनि अंकविहीन रहेको कोमोरोस तालिकाको पुछारमा छ ।

अन्य खेलमा  गाबोन र घाना १-१ को बराबरीमा रोकिँदा समूह ‘बी’ को खेलमा मलावीले जिम्बाबेलाई २-१ ले पराजित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप