ad
x

थारू गाउँमा माघीको रौनक

person explore access_timeमाघ १, २०७८ chat_bubble_outline0

माघे संक्रान्तिसंगै माघ १ गतेबाट थारू संवत् २६४५ सुरु हुँदै छ । पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ र कपिलवस्तुलगायत खास गरी पश्चिमा थारू समुदायले पुस मसान्तमा सुंगुर/बंगुर काटी ‘जिटा मर्ना डिन’ भनेर मनाए । संक्रान्तिको दिन खानका लागि राती नै बंगुरको मासु पकाइसके । ढिक्री, अचार, सकरखण्ड, तरुल, पिडालु लगायत मीठा परिकारको जोहो गरिसके । पुस मसान्देखि नै मुडा बालेर रातभरि डफ बजाउँदै धमार गीत गाउने गरेका छन् । उनीहरुले माघीलाई सबैभन्दा ठूलो पर्वको रुपमा मान्ने गरेका छन् ।


माघी पर्वमा आफ्ना दिदीबहिनी तथा साथीभाइलाई आमन्त्रण गरी थारूहरुले माघी मनाउने गरेको थारू कल्याणकारिणी सभा, कैलालीका कार्यबाहक अध्यक्ष माधव चौधरीले बताए । कैलालीका बेहडाबाबा, बर्दगोरिया, घोडाघोडा ताल र गोदावरी नदी, शिवगंगा नदी, कर्णाली नदीलगायत विभिन्न घाटमा माघी नुहाउने गरिन्छ । त्यसैगरी कञ्चनपुरको वेदकोट, दोधारा चाँदनी, महाकाली, ब्रम्हदेव लगायतको घाटमा माघी नुहाइन्छ । माघी पर्वमा नदी खोलामा नुहाउँदा वर्ष दिनको पाप पखालिन्छ भन्ने मान्यता भएकाले थारूहरू माघे संक्रान्तिमा नदी, खोला र धार्मिक महत्वमा तालमा बिहान उज्यालो नहुँदै नुहाउने गरेका छन् । 





माघीमा तीर्थ स्नानपछि आफ्ना मान्यजनलाई ढोग गरी आशिर्वाद लिने दिने चलन छ । माघी नुहाइसकेर घरमा आएर ३ या ५ मुठ्ठी चामल, नुन, दाल छुट्याउने चलन छ । त्यसरी छुट्याएको चामल, नुन, दाललाई दिदी बहिनीहरुलाई निस्राउ (दक्षिणा)को रुपमा दिने चलन रहेको धनगढी–५, तारानगरकी इन्दिरा चौधरीले बताइन् ।



माघीलाई नयाँ वर्षका रुपमा मनाइने भएकाले माघीसंगै थारू गाउँमा विकासका लागि एक वर्षीय नयाँ योजना बन्ने गरेको अध्यक्ष चौधरीले बताए । उनले माघमा नयाँ भल्मन्सा (बरघर), चिरक्या (चौकीदार) डेसबन्ढ्या (गाउँको सबैभन्दा ठूलो गुरुवा) चुन्ने, युवा युवतीको विवाह गर्ने, नयाँ घर बनाउने, भाई छुट्टिने, खेतीमा नयाँ प्रविधि वा उत्पादन थप्ने लगायतका विषयमा योजना बन्ने गरेको बताए ।





थारू समुदायमा परापूर्वकालदेखि चलिआएको गाउ“ नेता चयन गर्ने लोकतान्त्रिक प्रक्रिया कहिल्यै अवरुद्ध भएको छैन । उनीहरुको गाउ“मा हरेक वर्ष माघ महिनाको दोस्रो सातासम्म गाउ“को नेतृत्व चयन गरिसक्छन् । जुन प्रक्रिया माघ २ गतेदेखि गाउ“ गाउ“मा सुरु हुन्छ ।थारू नेता माधव चौधरी भन्छन्, ‘उम्मेदवारहरुलाई सके सहमतिमा नभए गोलाप्रथा वा मतदानबाट चयन गर्ने प्रचलन छ ।’



साथै, ढिक्री, सुंगुरको मासु, तरुल, जाँड खाँदै, मघौटा नाच्दै ३ दिनसम्म माघी मान्ने र त्यसपछि भल्मन्साको घरमा गाउँले सबै जम्मा भई गाउँ विकासको योजना बनाउने र घरका सबै सदस्यहरु बसेर घर विकासको योजना बनाउने गरेको उनले बताए ।

कमैया राख्न खोज्नीबोज्नी (लेनदेनको हरहिसाब) गर्ने परम्परा कमैया मुक्तिको घोषणापछि हटेको छ । तर कमलरी प्रथा अहिले पनि कायम रहेको हँुदा गरिब थारू बस्तीमा कमलरी खोज्ने काम भने अहिले पनि फाट्टफुट्ट रुपमा हुने गरेको छ । 

थारू समुदायको हकका लागि कार्यरत विभिन्न संघ संस्थारूहले माघीमा कम्तीमा ५ दिन सरकारी बिदा माग गरेका छन् । उनीहरुले माघीलाई संस्थागत रुपमा मनाउन बजेटको व्यवस्था गर्न पनि सरकारसंग माग गरेका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।