चाँडपर्वले एकताको सन्देश दिनुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धार्मिक तथा सांस्कृतिक सम्पदाको रुपमा रहेका चाडपर्वले हाम्रो देशलाई सुपरिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकाे बताएका छन् । 'हामी नेपालीबीच मनाइने यी र यस्ता पर्वले संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गरी सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देश दिन सक्नु पर्दछ,' तिमिल्सिनाले शुभकामना सन्देशमा भनेका छन् ।
माघी, मकर संक्रान्ति, माघे संक्रान्ति र किराँत संवत्‌को नयाँ वर्षले सबै नेपालीमा एकता, सद्भाव र सहिष्णुतालाई कायम राख्दै आरोग्य जीवन प्राप्तिको कामना पनि उनले गरेका छन् । माघे संक्रान्ति, माघी पर्व, तिलुवा संक्रान्ति, मकर संक्रान्ति, किराँत येले संवत्‌को नयाँ वर्ष आज मनाइँदैछ । आजको दिन तिलको लड्‍डु, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ ।
यस पर्वलाई विशेष गरी मगर समुदायले माघे संक्रान्ति, थारु समुदायले माघी पर्व, नेवार समुदायमा घ्यूचाकु सँल्हु नामले तथा अन्य समुदायले मकर संक्रान्तिका रुपमा मनाउँदै आइरहेको पाइन्छ । अर्कोतर्फ सूर्यको उत्तरी र दक्षिणी धुव्रको अवस्थितिको आधारमा यसको गणना र मापन गरिन्छ । आजबाट सूर्य उत्तर दिशातर्फ सर्दै जाने र उत्तरी गोलार्द्ध सरेपछि सूर्यको न्यानोपना बढ्दै जाने विश्वास गरिन्छ र सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ । प्रथम किराँत राजा यलम्बर हाङको स्मृतिमा यस दिनलाई किराँत येले संवत्‌को नयाँ वर्षको रुपमा पनि मनाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरभित्र विद्यार्थी भर्ना शुल्क एक महिनाको भन्दा बढी लिन नपाइने
-
कतारका अमिरको पहिलो नेपाल भ्रमण, श्रम सम्झौताको तयारी
-
अनमोललाई ‘मेघास्टार’को ट्याग जोगाउन सकस भएको हो ?
-
२२ वर्षीया भीमा मृत्यु प्रकरण : शव नबुझ्ने अडानपछि मुख्यमन्त्रीको चासो
-
प्राथमिकतामा यातायात पूर्वाधार : मेट्रोदेखि द्रुतमार्ग र सुरुङ मार्ग ‘सोकस’मा
-
दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान गरिँदै