
५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय

सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आगामी चैतमा उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको हो ।
सरकारले उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरूलाई तत्काल आग्रह गर्ने निर्णय गरेको छ । अहिले सरकारले विद्यालय बन्द गरेर १२ देखि १८ वर्ष उमेर समूहलाई खोप लगाइरहेको छ ।
अग्रभागमा खटिने र ६० वर्षभन्दा माथिको उमेर समूहकालाई सरकारले माघ २ देखि बुस्टर डोज लगाउने तयारी गरिरहेको छ । न्युज कारखाना
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ