बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

चेपाङ समुदायमा कोभिड खोप अभियान प्रभावकारी बनाउन मन्त्री लामाको निर्देशन

शुक्रबार, ३० पुस २०७८, २२ : १२
शुक्रबार, ३० पुस २०७८

चेपाङ बाहुल्य क्षेत्रमा कोभिडविरूद्धको खोप अभियान प्रभावकारी बनाउन बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले छलफल गरेका छन् । मन्त्रालयमा शुक्रबार मकवानपुरका चेपाङ बाहुल्य क्षेत्रका प्रतिनिधिहरूसँग कोभिड खोप अभियान प्रभावकारी बनाउन छलफल गरेका हुन् । 

बागमती प्रदेशका चेपाङ बाहुल्य क्षेत्रमा कोभिड–१९ विरूद्धको खोप लगाउने नागरिकको दर कम पाइएपछि मन्त्री लामाले त्यस समुदाय र क्षेत्रलाई लक्षित गरि खोप अभियान सञ्चालन गर्न सम्बन्धित पक्षलाई निर्देशन समेत दिएका छन् भने त्यस क्षेत्रका अगुवाहरूसँग छलफल थालेका हुन् ।

उनले चेपाङ बाहुल्य क्षेत्रमा खोप लगाउने दर कम रहेकाले खोप अभियानलाई प्रभावकारी बनाउन सहकार्यका लागि सम्बन्धित निकाय र सरोकारवालाहरूलाई आग्रह गरेका छन् । उनले कोरोनाको जोखिम न्यूनीकरणका लागि खोप अत्यावश्यक रहेकोले खोपबारेको भ्रम हटाउन त्यस क्षेत्रका नागरिक समाज, जनप्रतिनिधि, सामाजिक अगुवा लगायतले अभियानको महत्वबारे प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सरकार खोप लिएर समुदाय तहमै पुग्न तयार रहेकोले चेपाङ बाहुल्य क्षेत्रमा सबैको सहयोगमा लक्ष्यमा पुग्ने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले चेपाङ बाहुल्य क्षेत्रमा गाउँपालिका स्तरमा स्वास्थ्य शिविर गर्ने, चर्चमा खोप अभियान चलाउने, खोपको सकारात्मक पक्षबारे प्रचारप्रसारमा जोड दिने, विपन्न चेपाङ तामाङ र दलित वर्गलाई लक्षित गरेर सहयोग अभियानसहित खोप अभियान चलाउने जस्ता काम गरेर खोप अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

संविधानसभा सदस्य गोबिन्दराम चेपाङले त्यस क्षेत्रमा चेतनाको अभाव र खोपबारे नकारात्मक प्रचार रहेकाले यसलाई चिर्दै खोप लगाउने दरले बढाउन आफूहरूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । चेपाङ संघका केन्द्रीय सदस्य खेम चेपाङले खोप लगाउने दरलाई चेपाङ समुदायमा बढाउन आफुले संघका सबै जिल्लाका इकाई मार्फत सहजीकरण गर्ने बताए । उनले विद्यालय, चर्च, स्वास्थ्य इकाई, वडा कार्यालय, चर्च जस्ता स्थानमा अभियान चलाउनुपर्नेमा जोड दिए ।

छलफलमा चेपाङ समुदायका प्रतिनिधिले खोप अभियानलाई सफल बनाउन सरकारलाई सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनीहरुले आफूहरूले समुदाय तहसम्म कोरोना विरुद्धको खोप बारे प्रचारप्रसारलाई तिव्र बनाएर नागरिकको उपस्थितिलाई वृद्धि गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप