
रातोपाटीकर्मी शाही सम्मानित

रातोपाटी डटकमका कर्णाली प्रदेश प्रतिनिधि पंखबहादुर शाही सम्मानित भएका छन् । शुक्रबार वीरेन्द्रनगरको आदर्श ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ९ औं वार्षिक साधारणसभाको अवसरमा सम्मान गरेको हो ।
पत्रकार शाहीलाई सहकारीका क्षेत्रमा कलम चलाएको भन्दै ‘उत्कृष्ट पत्रकार’ को रुपमा सम्मान गरिएको संस्थाका अध्यक्ष राजेन्द्र बुढाले जानकारी दिए । पत्रकार शाही विगत चार वर्षदेखि वीरेन्द्रनगरमा रहेर पत्रकारिता गर्दै आएका छन् ।
उनका अनुसार संस्थाले गत आर्थिक वर्षमा ५६ लाख आम्दानी गरेको छ भने आगामी रणनीतिको बारेमा विविध प्रकारका महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ । साथै यो वर्ष पनि पत्रकार बचतकर्ता असल ऋणी लगायतलाई नगदसहित सम्मान प्रमाणपत्र प्रदान गरिएको छ ।
आदर्श ग्रामीणले ‘दिगो आर्थिक विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने उद्देश्यसहित कृषि र युवा स्वरोजगार लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ