बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टाइगर कप प्रतियोगिता : आर्मीका दुवै टिम फाइनल प्रवेश

शुक्रबार, ३० पुस २०७८, २१ : २१
शुक्रबार, ३० पुस २०७८

त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुबै टिम दोस्रो टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबारको खेलमा हेल्प नेपालले गण्डकी प्रदेश विरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित बनाएको छ । हेल्प नेपालले राउण्ड रोविन लिग अन्तर्गत चौथो खेलमा गण्डकी माथि २५–१८, २५–१६ र २५–२३ को सहज जित निकाल्यो ।

नेपाल आर्मी पहिलो संस्करणको उपविजेता समेत हो । भारतीय टिम कप्तान बिनितसहित उनका ३ सहकर्मी सम्मिलित हेल्प नेपाल र नेपाली राष्ट्रिय खेलाडी सम्मिलित नेपाल आर्मी बीचको फाइनल खेल रोचक हुने भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस कुल ८ अंकका साथ तेश्रो स्थानमा रहँदा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश ३ अंकका साथ चौथो स्थान हासिल गरेको छ । पुलिसले खेलमा अग्रता लिएपनि आर्मीले दोस्रो तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै जित हासिल गरेको छ । पहिलो सेट पुलिसले २५–२१ ले आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेटमा आर्मीले २५–१८, २५–२१ र २५–१३ ले हराउँदै फाइनल प्रवेश गरेको हो । उता गण्डकी र पुलिस तेस्रो स्थानका लागि भिड्नेछन् ।  यस्तै महिलातर्फ विभागीय टिम नेपाल आर्मी राउण्ड रोविन लिगमा शीर्ष ९ अंकका साथ फाइनलमा स्थान बनाउँदै अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबको सामना गर्नेछ । एपिएफले कुल ८ अंकका साथ दोश्रो स्थान बनाएको छ । न्यू डायमण्ड ७ अंकका साथ तेश्रो स्थानमा रहँदा नेपाल पुलिस ६ अंकका साथ चौथो स्थान बनाउन सफल भएको छ । 

शुक्रबारको खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसमाथि ३–० को सहज जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो । आर्मीले पहिलो सेट २१–२५ ले गुमाउँदा पछिल्ला तीन सेट २५–१८, २५–२० र २५–१३ ले जित्दै फाइनलमा शीर्ष अंक बनाउँदै एपिएफसँग भेट पक्का गरेको हो । 

राउण्ड रोविन लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता थियो ।  प्रतियोगिताको उपाधि विजेता महिला, पुरुष उपाधि विजेता टिमलाई समान नगद तीन, तीन लाख, उपविजेता महिला, पुरुष टिमलाई समान नगद  १ लाख ५० हजार, तेश्रो हुने महिला, पुरुष टिमलाई समान नगद ७५ हजार र सान्त्वना हुने महिला, पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । 

यसैगरी महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीलाई समान नगद रु.२५,२५ हजार र प्रत्येक विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद जनही नगद १०–१० हजारसहित ट्रफीद्वारा सम्मान गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप