बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल बैंक खाता ‘खल्ती’ मा लिङ्क गर्दा १०० रुपैयाँ बोनस र स्मार्टफोन उपहार

शुक्रबार, ३० पुस २०७८, २० : ४४
शुक्रबार, ३० पुस २०७८

सिभिल बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले १०० रुपैयाँ बोनस अफर ल्याएको छ । साथै, हरेक महिना एक प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने खल्तीले जानकारी दिएको छ । 

खल्तीका अनुसार यो बोनस अफर पहिलोपटक सिभिल बैंक अकाउन्ट लिङ्क गर्ने प्रयोगकर्ताहरूको हकमा मात्र लागू हुनेछ । प्रयोगकर्ताले लिङ्क गर्नुअघि केवाईसी प्रमाणित गराउनुपर्नेछ । त्यसपछि आफ्नो बैंक लिङ्क गरी उक्त लिङ्क गरिएको सिभिल बैंक अकाउन्टबाट ‘खल्ती’मा तुरुन्तै गर्न सकिनेछ ।

यो अफर प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित रूपमा पैसा लोड गर्न लाग्ने समय लाई कम गर्न ल्याइएको खल्तीको दाबी छ । १०० बोनस अफर पुस ३० देखि फागुन १ सम्म लागू हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप