शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मापदण्ड ख्याल नगरी भैरहवामा जनमत पार्टीको प्रदर्शन

शुक्रबार, ३० पुस २०७८, २० : ४१
शुक्रबार, ३० पुस २०७८

कोरोना संक्रमण दिनानुदिन बढिरहेको अवस्थामा जनमत पार्टीले स्वास्थ्य मापदण्डसमेत पालना नगरी शुक्रबार भैरहवामा नारा जुलुस निकालेको छ । संघीय सरकारका कृषिमन्त्री महेन्द्र राय यादवको राजीनामा र किसानका समस्या समाधान गर्न माग गर्दै जनमत पार्टीले प्रदर्शन गरेको हो । 

जनमतका कार्यकर्ताले भैरहवामा उखु, हलो लगायतका कृषि सामग्री र उपकरण बोकेर प्रदर्शन गरेका थिए । तर कोरोनाबाट बच्न सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको र सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिए पनि जनमत पार्टीका कार्यकर्तामा त्यसको कुनै प्रभाव देखिएन ।

रुपन्देहीको दक्षिण क्षेत्रका गाउँगाउँबाट ट्याक्टर, बस र मोटरसाइकलमा कार्यकर्ता उतारेर सो पार्टीले प्रदर्शन गरेको हो । जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्रप्रसाद यादवले किसानका मुद्दामा सरकारले चासो नदिएकाले स्वतस्फूर्त रुपमा कार्यकर्ता प्रदर्शनमा उत्रिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप