नर्वेमा ५-११ बर्षसम्मका बालबालिकालाई पनि खोप लगाउन पाइने
शुक्रबार, ३० पुस २०७८, २० : ३९
![नर्वेमा ५-११ बर्षसम्मका बालबालिकालाई पनि खोप लगाउन पाइने](https://rpcdn.ratopati.com/media/albums/vaccine-khop-cartoon_XlYYoVGtDL.jpg)
नर्वेमा ५ देखि ११ बर्षसम्मका बालबालिकालाई पनि कोरोनाभाइरसविरूद्धको खोप लगाउन पाइने भएको छ ।
सरकारी अधिकारीले नै सो उमेर समूहका बालबालिकालाई खोप लगाउन मिल्ने सिफारिस गरेको समाचारमा जनाइएको छ ।
नर्वेमा यसअघि १२ देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइदै आएको अधिकारीले जानकारी दिएका छन् । उनीहरूले अहिले खोपको पहिलो मात्रा लगाएका छन् भने अभिभावकले चाहेमा उनीहरुलाई दोस्रो मात्रा खोप पनि लगाउन सकिने अधिकारीको भनाइ छ ।
नर्वेका वयस्कहरूमध्ये अधिकांशले भने खोपको दुवै मात्रा लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लगाउन मिल्ने वयस्क र बृद्धबृद्धामध्ये ९० प्रतिशतभन्दा बढीले कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अर्ग्यानिक उत्पादनको माग बढी छ’
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध