सीके राउतको पार्टी स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै आन्दोलनमा

कोरोना संक्रमणको तेश्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि सरकारले भिडभाड नगर्न निर्देशन दिएको छ । २५ जनाभन्दा बढी सार्वजनिक स्थलमा भेला हुन सरकारले रोक लगाएको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार किसानको नाममा महार्याली आयोजना गरेको छ । स्वास्थ्य मापदण्ड र सरकारको निर्देशन उल्लंघन गर्दै सयौँ कार्यकर्ता सहभागी गराएर जनमत पार्टीले र्याली निकालेको हो ।
जनकपुरधामको रामानन्द चोकबाट निस्केको र्यालीले नगर परिक्रमा गरेको थियो । सो क्रममा प्रदर्शनकारीहरूले कृषि मन्त्री महेन्द्र राय यादवको राजीनामा माग गरे ।
जनकपुरधामको बजरंग चोक, वशिष्ठ चोक, विश्वकर्मा चोक, विद्यापति चोक, कदम चोक, भानु चोक, शिव चोक हुँदै जनक चोकमा पुगेर सो र्याली कोणसभामा परिणत भएको थियो । सो क्रममा सहभागी अधिकांश कार्यकर्ताले कोरोना संक्रमणलाई बेवास्ता गर्दै मास्क, सेनिटाइजर, भौतिक दुरी जस्ता स्वास्थ्य मापदण्डको समेत ख्याल गरेका थिएनन् ।
जनमत पार्टीकी केन्द्रीय सचिव अनिता साहले एक दिनका लागि निकालिएको र्यालीकै कारण कोरोना संक्रमण नसर्ने जिकिर गरिन् । किसानको समस्यालाई मध्यनजर गर्दै ११ बुँदे मागसहित आन्दोलन गरिएको उनको भनाइ छ ।
किसानको माग पूरा नहुञ्जेलसम्म आन्दोलन जारी रहने उनले बताइन् । जनमत पार्टीले महार्याली निकाल्दा प्रहरीको बाक्लो उपस्थिति थियो । जिल्ला प्रशासन कार्यालय धनुषाले निर्धारण गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र २५ जनाभन्दा बढी भेला हुन नपाउने नियमको खिल्ली उड्दासमेत स्थानीय प्रशासन र प्रहरी मुकदर्शक देखिए ।
जनमत पार्टीले तराई मधेसको सबै जिल्ला सदरमुकाममा जुलुस प्रदर्शन गर्दै किसानको माग तत्काल सम्बोधन गर्न माग गरेको छ । किसानलाई समयमा सहज रुपले मलखाद उपलब्ध गराउनुपर्ने, सिंचाईको व्यवस्था, निःशुल्क बिजुली, किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगायत ११ बुँदे माग जनमत पार्टीले अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी