शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सहकारी बैंकले पठायो सदस्यको खातामा १५ प्रतिशत लाभांश

शुक्रबार, ३० पुस २०७८, १९ : ३०
शुक्रबार, ३० पुस २०७८

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सेयर सदस्य सहकारी संघ संस्थाको खातामा १५ प्रतिशत लाभांश पठाएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट प्रत्येक सदस्यलाई १५ प्रतिशत बराबरको नगद लाभांश वितरण गरेको हो ।
शुक्रबार बैंकले १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभा सम्पन्न भएकै दिन बैंकले सेयर सदस्यहरुलाई लाभांश वितरण गरेको हो । साधारणसभाले १५ प्रतिशत लाभांश दिने निर्णय पारित गरे लगत्तै बैंकले सम्बन्धित सदस्यहरुको खातामा रकम पठाएको अध्यक्ष के.बी. उप्रेतीले जानकारी दिए ।
बैंकले यस पटकको साधारणसभा भौतिक उपस्थितिका बीच एकाईगत रुपमा ७ वटै प्रदेशमा गरेको थियो । एकाइ प्रतिनिधिहरुको साधारणसभा शुक्रवार सम्पन्न भएको र शुक्रवारनै देशभरका सहकारीहरूको खातामा लाभांशको रकम पठाइएको हो ।
बैंकले  गत आर्थिक वर्ष ०७७÷७८ मा ३९ करोड ९५ लाख रुपैया लाभांश वितरण गरेको छ । सहकारी बैंकले विगत चार वर्षदेखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । 
बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समाबेश नगरिएको बैंकले जनाएको छ । बैंकले शुक्रवार नै एक विज्ञप्ती प्रकाशित गरी बैंकसँग कारोबार गर्ने सम्पूर्ण सदस्य संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।
बैंकले छिट्टै नै सदस्यहरुलाई संरक्षित पुँजीफिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको जानकारी दिएको छ । बैंकले लाभांश बाहेक कारोबारका आधारमा संरक्षित पुँजीफिर्ता कोषबाट पनि सदस्य सहकारीहरूलाई रकम उपलब्ध गराउँदै आएको छ । संरक्षित पुँजीफिर्ता कोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समय पछि प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीकुमार गुरागाईंले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप