कोभिड–१९ को सम्भावित तेस्रो लहर रोकथामका लागि कर्णालीमा पूर्वतयारी कस्तो छ ?
![कोभिड–१९ को सम्भावित तेस्रो लहर रोकथामका लागि कर्णालीमा पूर्वतयारी कस्तो छ ?](https://rpcdn.ratopati.com/media/albums/baithak_KirThDhvFM.jpg)
कोरोना भाइरस (कोभिड–१९) को सम्भावित तेस्रो लहर रोकथामका लागि कर्णाली प्रदेश सरकारले पूर्व तयारी थालेको छ । त्यसका लागि प्रदेशमा प्रवेश गर्ने नाकाहरुमा होल्डिङ सेन्टर स्थापना गर्नेदेखि एम्बुलेन्सको बन्दोबस्त गर्न आग्रह गरिएको छ ।
बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणको तेस्रो लहर सामना गर्न सुर्खेतको छिन्चुमा होल्डिङ सेन्टर निर्माण गर्ने, भारत लगायत छिमेकी मुलुकबाट प्रदेश भित्रिने सम्पूर्ण व्यक्तिको एन्टिजेन विधिबाट कोरोनाभाइरसको परीक्षण गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री शाहीले १० वटै जिल्लामा कोभिड विशेष एम्बुलेन्स व्यवस्थापन गर्न निर्देशन दिएका छन् भने सडक पूर्वाधार पुगेका जिल्लामा गाडीमार्फत स्थलमार्गबाट सम्बन्धित जिल्लामा पु¥याउने र सडक सञ्जाल नपुगेका जिल्लाका बासिन्दालाई सुर्खेतको होल्डिङ सेन्टरमा व्यवस्थापन गरिने बताए ।
यस्तै, प्रदेशका सबै स्थानीय पालिकाका स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्क÷क्रियाशील बनाइराख्न पनि मुख्यमन्त्री शाहीले निर्देशन दिएका छन् । कोरोना सम्बन्धी प्रचार–प्रसार कार्यलाई तीव्रता दिने, एम्बुलेन्स खरिदको लागि अविलम्ब प्रक्रिया अघि बढाउने, तत्काल शव वाहनको व्यवस्थापन गर्नुपर्ने, भौगोलिकता, जनसंख्याको बनोट आदि सूचकलाई आधार मानेर स्थानीय तहमा समावेसी बजेट वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कोभिड नियन्त्रण कार्यमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णयसमेत भएको छ ।
मुख्यमन्त्रीद्वारा सार्वजनिक अपिल
शुक्रबार मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरानाभाइरसको तेस्रो लहर रोकथामका सन्दर्भमा सार्वजनिक सन्देश जारी गरेका छन् । उनले सरकारले तय गरेको न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्न सम्पुर्ण नागरिकलाई आग्रह गरेका छन् भने सार्वजनिक स्थानमा बढीमा २५ जनाभन्दा बढीको भिड नगर्न आग्रह गरेका छन् ।
यस्तै, सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरैजना उपस्थित हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न, अत्यावश्यक कार्यक्रम गर्नुपरे स्थानीय प्रशासनको अनुमति लिएर सञ्चालन गर्न पनि उनले आह्वान गरेका छन् ।
मुख्यमन्त्री शाहीले संक्रमित क्षेत्रबाट आएकाहरुले कम्तीमा १० दिन क्वारेन्टिनमा बस्ने, सार्वजनिक स्थानमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको भ्याक्सिन लगाएको कार्ड साथमा लिएर जानुपर्ने पनि प्रस्ट पारेका छन् ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका मुख्य तीनवटा नाकामध्ये सुर्खेतको कुइनेमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइसकेको जानकारी दिँदै बबईबाट आउने नागरिकको लागि भेरीगङ्गा नगरपालिका–१२ मा होल्डिङ सेन्टर निर्माण प्रक्रिया अगाडि बढाइसकिएको जनाए ।
सल्यानको कपुरकोट नाकालाई प्रभावकारी बनाउनका लागि पनि आवश्यक प्रक्रिया थालिएको उनले बताए ।
स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने काम गर्नुहोस् : खड्का
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले अहिलेको जस्तै गतिविधि भइराख्ने हो भने गत वैशाख–जेठमा भोगेको नियति दोहोरिन सक्ने चेतावनी दिएका छन् ।
साथै उनले सभा–सम्मेलन जुलुस, अधिवेशनहरू बन्द गर्न र नागरिकलाई अनावश्यक रुपमा घर बाहिर ननिस्कन आग्रह गरे ।
उनी भन्छन्, ‘विद्यालय, शिक्षण संस्थाहरु पूर्ण बन्द गर्नुपर्छ । मान्छेको जिउ ज्यानभन्दा ठुलो केही हुन सक्दैन । छिटोभन्दा छिटो स्वास्थ्यका मापदण्ड पालना गरी लक्षित समूहले कोभिड विरुद्धको खोप लगाऔं ।’
साथै उनले यस्तो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने काम गर्न पनि सबैलाई आग्रह गरेका छन् ।
कर्णाली प्रदेशमा पहिलो र दोस्रो चरणको संक्रमणबाट ३८८ जनाले ज्यान गुमाइसकेका छन् भने हालसम्म ३४ हजार १२५ जनामा संक्रमण देखिएको छ । जसमा ३२ हजार ३ सय जनाले कोरोनालाई परास्त गर्न सफल भएका छन् । एक सय जना हाल आइसोलेशनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो
-
रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा