शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दीगो पर्यटन विकासका लागि दातृ निकायको दरिलो साथ खोज्दै पर्यटन बोर्ड

शुक्रबार, ३० पुस २०७८, १८ : १५
शुक्रबार, ३० पुस २०७८

नेपाल पर्यटन बोर्डले नयाँ परिस्थितिमा दीगो पर्यटनका नयाँ रणनीतिका साथ काम गर्ने विषयमा दातृ निकाय एवं कुटनीतिक नियोगसँग छलफल गरेको छ । बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीअएआरपी)अन्र्तगत देशभर भएका कामबारे जानकारी दिँदै नेपाल पर्यटन पुनरुत्थानको रणनीति २०२१ बारे दातृ निकाय एवं कुटनीतिक नियोगसँग छलफल आयोजना गरेको हो ।

कार्यक्रममा बोर्डले तयार पारेको नेपाल पर्यटन पुनरुत्थानको रणनीति २०२१, पर्यटकीय सवारी सञ्चालन मार्गनिर्देशन, र फुड एण्ड वेभरेज सर्भिस स्टान्डर्डका बारेमा जानकारी गराइएको थियो ।

शुक्रवार काठमाण्डौंमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय परियोजना निर्देशक डा. धनञ्जय रेग्मीले कोभिड १९ को संक्रमण र यसले पारेको प्रभावका बीच पनि नेपाल पर्यटन बोर्डले विभिन्न रचनात्मक कामहरु गरेको जानकारी दिए । सो अबसरमा सीईओ डा.रेग्मीले पछिल्लो परिस्थितिमा पनि दिगो पर्यटन विकासका लागि नयाँ रणनीतिका साथ काम गर्नु पर्ने अवस्था आएको बताए ।

‘कोभिड १९ को कारण विगतको समय हामी सबैका लागि कठिन नै रह्यो । तर पनि हामीले केही रचनात्मक कामहरु ग¥यौं । जसमा पर्यटक खोज तथा उद्धार, आन्तरिक पर्यटन प्रवद्र्धनमा सामाजिक जागरणका कार्य, ट्राभल प्रोटोकल अपडेट जस्ता कार्य निरन्तर ग¥यौं जसको कारण बोर्डले बेलायतमा वन्डरलस्ट अर्वाड प्राप्त ग¥यो । कोभिडको नयाँ भेरियन्टले गर्दा तत्काल परिस्थती सहज बन्ने अवस्था देखिँदैन । यद्यपि, यो क्षेत्रलाई बचाई राख्न केही न कही गर्नैपर्ने अवस्था छ’ रेग्मीले भने, ‘त्यसको लागि नयाँ साझेदार आवश्यक रहकोले सहकार्यको लागि म दातृ निकायलाई अनुरोध गर्दछु ।’

उनले एसटीअएआरपी परियोजनाबाट करिब ६ हजार पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना भएको बताउँदै सो परियोजनाबाट १९ वटा हाइकिङ रुट निर्माण, १५ किलोमिटर साइकलमार्ग निर्माण, ७५ किलोमिटर पदर्मागको पुनर्निर्माण र ५७ किलोमिटर नयाँ विकास, छ वटा  पर्यटकीय सेल्टर निर्माण, सातवटा काठे  पुल निर्माण तथा ११ वटाको मर्मत सम्हार भएको जानकारी दिए ।

यसले पर्यटनका लागि नयाँ प्रडक्ट समेत विकास गरेको बताउनु सीईओ रेग्मीले बताए । परियोजनाले २३ जिल्लाका ३८ वटा पालिकासँगको सहकार्यमा पूर्वको कञ्चनजंघादेखि सुदुरपश्चिमको कञ्चनपुरसम्म र तराईमा लुम्बिनी जनकपुरदेखि हिमाली क्षेत्रको हुम्ला डोल्पा, सोलुखुम्बुको करिब ५ हजार मिटर उचाइसम्म काम गरेको बताए । 

कार्यक्रममा राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासिक  प्रतिनिधी आइसोनी लावेले नेपाल पर्यटन बोर्डको सुरुवाती चरणदेखि नै युएनडीपीले बोर्डसँग काम गरेको स्मरण गर्दै कठिन समयका बाबजुद बोर्डले एसटीएलआरपी परियोजना अन्तरगत गरेका कामहरु महत्त्वपूर्ण रहेको बताए ।

यस्तै उनले पर्यटन क्षेत्रकै विकासका लागि युएनडीपीले गण्डकी र सुदूरपश्चिम प्रदेशसँग पनि सहकार्य गरि कामहरु अगाडी बढाइरहेको समेत जानकारी दिए ।

कार्यक्रममा बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले पर्यटनसँग सम्बद्ध टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान),नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सी (नाटा),होटल एशोसिएसन नेपाल (हान),नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) लगायतका संस्थाहरू तथा स्थानीय तहसँगको सहकार्यमा एसटीएलआरपीको माध्यमबाट अल्पकालीन रोजगारी सिर्जना मात्र नभई पर्यटकीय प्रडक्ट समेत तयार भएको उल्लेख गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप