अनमोलको ‘ए मेरो हजुर–४’ को टिजर सार्वजनिक
शुक्रबार, ३० पुस २०७८, १७ : १७
अनमोल केसी र सुहाना थापाको रोमान्स रहेको फिल्म ‘ए मेरो हजुर–४’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४४ सेकेन्डको टिजरमा फिल्मका दुई मुख्य पात्र अनमोल र सुहाना बीचको प्रेम, रोमान्स र विछोडका आयम समेटिएको छ ।
सन् २००२ मा शिव रेग्मीको निर्देशन बनेको हिट फिल्म ‘ए मेरो हजुर’ चौथो श्रृंखलाको रुपमा यो फिल्म निर्माण भएको हो । आगामी वैशाख १ गते सार्वजनिक प्रदर्शन हुने फिल्म झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।
सुहाना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म झरनाकै श्रीमान् सुनिलकुमार थापाले निर्माण गरेका हुन् । फिल्मको यसअघि चैत्र २५ लाई प्रदर्शन मिति तोकिएको थियो । सो मिति पोष्टपोन्ड गर्दै निर्माण युनिटले फिल्म वैशाख १ गते पुर्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम
-
आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी