सेञ्चुरी बैंकले सेयर स्वामित्वको संरचना परिवर्तन गर्ने, संस्थापक सेयर अब ५१ प्रतिशत मात्रै
सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेयर संरचना परिवर्तन गर्ने भएको छ । शुक्रबार राजधानीमा सम्पन्न बैंकको ११ औं वार्षिक साधारणसभाले हाल कायम बैंकको ५३.४१ प्रतिशतको संस्थापक सेयरलाई ५१ प्रतिशतमा झार्ने निर्णय गरेको हो ।
उक्त प्रस्ताव साधारणसभाको बहुमत सदस्यले पारित गरेको छ । यस्तै, बैंकको सोही साधारणसभाले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयधनीहरुलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।
योसँगै बैंकका सेयर धनीहरुले २०७८ असार मसान्तमा कायम बैंकको चुक्ता पुँजीबाट ९ अर्ब तीन करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँ ५० पैसा लाभांश पाउने भएका छन् ।
जसमध्ये ५.७५ प्रतिशतले हुन आउने बोनस सेयरमा बैंकले ५१ करोड ९४ लाख ७९ हजार ६९६ रुपैयाँ ३९ पैसा खर्च गर्नेछ भने बाँकी ०.३० प्रतिशतले हुन आउने नगद लाभांशमा २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसा खर्च गर्नेछ ।
सोही साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७÷७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाँड लगायतका प्रतिवेदन पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने