बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सेञ्चुरी बैंकले सेयर स्वामित्वको संरचना परिवर्तन गर्ने, संस्थापक सेयर अब ५१ प्रतिशत मात्रै

शुक्रबार, ३० पुस २०७८, १७ : १०
शुक्रबार, ३० पुस २०७८

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेयर संरचना परिवर्तन गर्ने भएको छ । शुक्रबार राजधानीमा सम्पन्न बैंकको ११ औं वार्षिक साधारणसभाले हाल कायम बैंकको ५३.४१ प्रतिशतको संस्थापक सेयरलाई ५१ प्रतिशतमा झार्ने निर्णय गरेको हो । 
उक्त प्रस्ताव साधारणसभाको बहुमत सदस्यले पारित गरेको छ ।  यस्तै, बैंकको सोही साधारणसभाले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयधनीहरुलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । 
योसँगै बैंकका सेयर धनीहरुले २०७८ असार मसान्तमा कायम बैंकको चुक्ता पुँजीबाट ९ अर्ब तीन करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँ ५० पैसा लाभांश पाउने भएका छन् । 

जसमध्ये ५.७५ प्रतिशतले हुन आउने बोनस सेयरमा बैंकले ५१ करोड ९४ लाख ७९ हजार ६९६ रुपैयाँ ३९ पैसा खर्च गर्नेछ भने बाँकी ०.३० प्रतिशतले हुन आउने नगद लाभांशमा २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसा खर्च गर्नेछ । 
सोही साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७÷७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाँड लगायतका प्रतिवेदन पारित गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप