माछापुच्छ्रे बैंकका ग्राहकले एमआई र पोको फोन किन्न शून्य प्रतिशत फाइनान्सिङ सुविधा पाउने
माछापुच्छ्रे बैंकले आफ्ना सेवाग्राही ग्राहकलाई एमआई साओमी फोन र पोको फोनको खरिदमा शून्य प्रतिशतको फाइनान्सिङ सुविधा दिने भएको छ । बैंकले शुक्रबार बास्टल इमपेक्स प्रालिसँग सम्झौता गर्दै यस्तो सुविधा प्रदान गर्ने जनाएको हो ।
साथै सोही सम्झौतामा कम्पनीले इन्ट्रपे सुविधामार्फत ग्राहकलाई मोवाइल फोनसँगै कम्पनीका अन्य इलेक्ट्रोनिक सामानहरुको खरिदमा समेत विशेष सहुलियत प्रदान गर्ने जनाएको छ । एमआई साओमी र पोको ब्रान्डको मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरूमा बैंकले शून्य प्रतिशत इएमआई (फाइनान्सिङ) सुविधा प्रधान गर्नेछ ।
उक्त सम्झौतापत्रमा बास्टल इमपेक्सको तर्फबाट डाइरेक्टर नितेशकुमार मन्द्र र माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ विनय रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौता पछि बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि शून्य प्रतिशतको इएमआईमा इन्ट्रपेमार्फत पन्ध्र हजार रुपैयाँसम्मको फाइनान्सिङ सुविधा पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा आफैँले चलाएको पावर टिलरले घाँटी च्यापिँदा चौधरीको मृत्यु
-
रञ्जिता भन्छिन्– फर्जी पत्र देखाउँदैमा दलको नेता फेरिएको मानिँदैन
-
राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन
-
गरिबीको उच्च चपेटामा सुदूरपश्चिम प्रदेश
-
५०० करोड क्लबमा पुग्यो प्रभासको कल्की
-
‘पुजार सार्की’ हङकङमा प्रदर्शन