ए डिभिजन लिग: दोस्रो जितसँगै एपीएफलाई केही राहत
एपीएफ फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पालाई १-० गाेल अन्तरले पराजित गर्दै रेलिगशेन संकटबाट माथि उठ्ने सम्भावना जीवितै राखेको छ । आभाष लामिछानेको निर्णायक गोलमा एपीएफले दोस्रो जित निकाल्यो । पहिलो हाफको इन्जुरी समयमा नविन लामाको कर्नरमा आभाषले उत्कृष्ट हेड गोल गरे ।
बाँकी समय दुबै टोलीले गोलका केही अवसर बनाए पिन सदुपयोग गर्न सकेनन् । शेर्पाविरुद्ध एपीएफले तीन विदेशी खेलाडी उतारेको थियो । पहिलो हाफको इन्जुरी समयमा हिमालयन शेर्पाले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन ।
एपीएफका गोलकिपर युया कुरियामाले मिलन राईको प्रहार रोक्दा रिबाउन्डमा प्राप्त बलमा मुताम्बा पिस्टोनले गरेको प्रहार अकासिएको थियो । ६३औं मिनेटमा मिलनको कर्नरमा उलरिच सिइबीले गरेको हेड बाहिरिँदा हिमालयनले खेलमा फर्कने अवसर गुमायो ।
७०औं मिनेटमा अर्मान्डले गरेको प्रहार हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीले रोक्दा एपीएफले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । जारी लिगमा एपीएफको यो दोस्रो जित हो । यसअघि एपीएफले फ्रेन्डस क्लबमाथि जित हात पारेको थियो ।
हिमालयनको भने यो लगातार दोस्रो हार हो । हिमालयन पछिल्लो खेलमा थ्री स्टार क्लबसँग पराजित भएको थियो । जितपछि एपीएफले नौ खेलमा १० अंकसहित आठौं स्थानमा उक्लिएको छ । समान खेलमा ११ अंकसहित हिमालयन शेर्पा छैटौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान