बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर भाँडियो, राष्ट्र बैंकले कार्वाही गर्ने

शुक्रबार, ३० पुस २०७८, १५ : २६
शुक्रबार, ३० पुस २०७८

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडिएको छ । शुक्रबार बसेको हिमालयन बैंकको साधारणसभाको बहुमत सदस्यले मर्जरको विरुद्धमा मत जाहेर गरेपछि दुई बैंक बीचको मर्जर प्रक्रिया भाँडिन पुगेको हो । 
आजै बैंकले राष्ट्र बैंकमा डीमर्जरका लागि पत्र पठाएको छ । 

तर, लामो समयसम्म मर्जरका लागि भएको पहल अन्तिम समयमा आएर भाँडिएसँगै राष्ट्र बैंक दुबै बैंकसँग रुष्ट भएको छ ।  अन्तिम समयमा आएर मर्जर भाँडिएसँगै राष्ट्र बैंकले दुईवटै बैंकलाई कारबाही गर्ने भएको छ । 

राष्ट्र बैंकका अनुसार यी दुई बैंकलाई तीन वर्षसम्म लाभांश वितरणमा रोक लगाउने देखि, साखा सञ्जाल विस्तार र राष्ट्र बैंकबाट पाउने अन्य सेवा सुविधाबाट समेत दुबै बैंकलाई बञ्चित गराउने सम्मको निर्णय हुन सक्ने बताइएको छ ।

यसअघि यी दुई वाणिज्य बैंकहरबीचको मर्जरका लागि भएको प्रयासमा सम्पती मूल्याङ्कनमा इन्भेष्टमेन्ट बैकको बढी र हिमालयन बैंकको कम मूल्यांकन गरिएको भन्दै विवाद हुँदै आएको थियो । सोही विवादका बीच शुक्रबार बसेको हिमालयन बैंकको साधारणसभाले मर्जर अस्वीकृत गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप