शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाखमा चुनाव गराउन सरकारले तत्काल निर्णय लिनुपर्ने आयोगको निष्कर्ष

अहिलेकै कानुनले चुनाव गराउन समस्या छैनः एमाले
शुक्रबार, ३० पुस २०७८, १५ : १९
शुक्रबार, ३० पुस २०७८

निर्वाचन आयोगले स्थानीय तहको चुनाव गराउनका लागि सरकारले उपयुक्त निर्णय गर्नुपर्ने धारणा राखेको छ । आयोगले बोलाएको सर्वदलीय बैठकमा आयोगका पदाधिकारीले वैशाखमा स्थानीय तहको चुनाव गराउनका लागि १२० दिनको समय चाहिने भन्दै त्यसका लागि सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने बताएका हुन् । 

निर्वाचन आयोगले निर्वाचन गराउने प्रकृया सुरु गरिसकेको छ । जसअनुसार मतदाता नामावली संकलन गर्ने काम सम्पन्न भएको छ । यस्तै राष्ट्रियसभा चुनावको तयारी पनि अन्तिम अन्तिममा रहेको छ । स्थानीय तहको चुनावका लागि ठोस रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता आयोगले शुक्रबारको सर्वदलीय बैठकमा औंल्याएको हो । 

आयोगले वैशाख १४ गते र २२ गते दुई चरणमा स्थानीय तहको चुनाव गरौं भनि बैठकमा प्रस्ताव गरेको छ । 
काँग्रेस नेता रमेशह लेखकले वर्तमान सरकार तथा नेपाली काँग्रेस स्थानीय चुनाव गराउन तयार रहेको बताउँदै त्यसका लागि केही कानुन भने संशोधन गर्नुपर्ने बताए । संसदमा जारी अवरोधका कारण त्यसमा ढिलाई भएको उनको धारणा थियो ।  एमालेले ससद अवरोध हटाइदिए चुनावको बारेमा निर्णय गर्न सहज हुने उनले बताए । 

प्रतिपक्षी दल एमालेका नेता विष्णु रिमालले भने अहिलेको मौजुदा कानुनले चुनाव गर्न कुनै समस्या नहुने भएकाले वर्तमान कानुनकै आधारमा चुनाव गर्न सुझाव दिए । उनले एमालेले वैशाखमै चुनाव होस् भनि चाहेको पनि बताए । त्यसका लागि सरकारले तत्कालै निर्णय गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप