
सर्वदलीय बैठकमा आयोगले राख्यो ७ बुँदे प्रस्ताव

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा ७ बुँदे प्रस्ताव राखेको छ । शुक्रबार बसेको निर्वाचन आयोग र राजनैतिक दलहरु बीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो ।
बैठकमा आयोगले स्थानीय तहको निर्वाचनका लागि समय कम हुँदै गएको जनाउँदै त्यसका लागि सरकारको निर्णयमा भरपर्ने धारणा राखेको छ ।
बैठकमा आयोगले राष्ट्रियसभा निर्वाचन २०७८ माघ १२ गते सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको जानकारी दिँदै त्यसका लागि ९ दलका तर्फबाट ४३ उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने जनाएको छ ।
त्यसका लागि ५३२ जना प्रदेशसभा सदस्य र १४९३ जना गरी कुल २०२५ मतदाताले निर्वाचनमा भाग लिने आयोगले जनाएको छ । राष्ट्रियसभामा १९ पदका लागि निर्वाचन हुँदैछ ।
अन्य प्रस्ताव तलको सूचीमा हेर्नुहोस् :
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ