पत्रकार महासंघको बैठकमा भाँँडभैलो
शुक्रबार, ३० पुस २०७८, १३ : ५२
मिडिया अवार्ड वितरणको विषयलाई लिएर पत्रकार महासंघको बैठकमा भाँडभैलो भएको छ । सो विषयलाई लिएर प्रेस सेन्टर सम्बद्ध १७ जना सदस्यहरूले केहीबेर बैठक नै बहिष्कार गरेका छन् ।
कपिलबस्तुको तिलौराकोटमा शुक्रबार बिहानबाट सुरु भएको बैठकमा उनीहरुले मिडिया अवार्ड वितरण कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेल आफू मात्रै सहभागी भएको, महासंघमा आर्थिक पारदर्शिता नभएको, श्रमजीवी पत्रकारहरुको मुद्दालाई बेवास्ता गरिएको लगायतका विषयलाई उठाएका थिए । तर बैठक बहिष्कार गरेर बाहिरिएका उनीहरुलाई महासंघ नेतृत्वले माग सम्बोधन गर्ने आश्वासन दिएपछि अहिले उनीहरु बैठकमा सहभागी भएको केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेलले जानकारी दिए ।
अहिले बैठक नियमित रुपमा सञ्चालनका लागि पदाधिकारीहरू छलफलमा जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?
-
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू