मिडिया अवार्ड र आर्थिक अपचलनबारे पत्रकार महासंघका अध्यक्षसँग जवाफ माग
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको कार्यशैलीप्रति केन्द्रीय सदस्यहरुले प्रश्न उठाएका छन् । उनीहरुले अध्यक्ष पोखरेलमाथि मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग गरेको, तथा अध्यक्ष नै जथाभावी आर्थिक संकलनमा लागेको र विवादित कार्यक्रमा अध्यक्ष सहभागी भएको घटनाको छानविन गर्न माग गर्दै बैठक बहिस्कार गरेका हुन् ।
शुक्रबार कपिलबस्तुमा बैठक सुरु हुनासाथ महासंघका केन्द्रीय सदस्यहरुले अध्यक्ष पोखरेलको अध्यक्षतामा बैठक सञ्चालन हुन नसक्ने अडान लिदै बाहिरिएका थिए । बैठक बहिस्कार गर्नेमा प्रेस सेन्टर र समाजवादी प्रेस संगठनबाट निर्वाचित १७ जना केन्द्रीय सदस्य छन् । उनीहरुले ३ पेजमा आफ्नो धारणा सार्वजनिक गर्दै मिडिया अवार्ड र आर्थिक अपचलनबारे जवाफ नदिएसम्म बैठक बस्न नसक्ने बताएका छन् ।
यसैबीच महसंघका उपाध्यक्ष बाला अधिकारीले काँग्रेस केन्द्रीय सदस्यका लागि महासंघबाट राजीनामा दिने घोषणा गरेपनि बैठकमा सहभागी भएपछि केन्द्रीय सदस्यहरुले आपति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा मासु निर्यात सहज बनाउन खोरेत रोग नियन्त्रणको अभियानमा छौँ : महानिर्देशक दाहाल
-
अर्थ समितिमा बारम्बार कोरम नपुग्ने समस्या, बैठक गलफतीमै सीमित
-
एसियाली विकास बैंकविरुद्ध काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन
-
महिला प्रिमियर लिगको अक्सनमा चर्चा कमाउने यी अनक्याप्ड खेलाडी
-
एमाले पार्टी कार्यालय जग्गा विवाद : सर्वोच्चले खोल्यो मीनबहादुरले दान दिएको जग्गामा भवन बनाउने बाटो
-
दुई नयाँ हुलाक टिकट प्रचलनमा