
फ्राइडे रिलिज : देशभर ‘चपली हाइट–३’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘चपली हाइट–३’ प्रदर्शनमा आएको छ । एकल प्रदर्शन अवसर पाएको यो फिल्मले देशभरका सबै हल भने पाएको छैन । किनभने केही अगाडि प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा’को अलवा ‘कठपुतली’ ‘स्पाइडर म्यान’ लगायत फिल्म समेत अझै प्रदर्शनरत छ ।
निकेश खड्का निर्देशित तथा अर्जुन कुमार निर्मित ‘चपली हाइट ३’ स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलाको अभिनय छ ।
आकाश बरालको कथा तथा संवाद, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । फिल्म क्राइम थ्रीलर जनरामा निर्माण भएको हो । फिल्मलाई मल्टिप्लेक्सले राम्रै शो दिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ