शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगमा सर्वदलीय बैठक : नेताहरु पुग्ने क्रम जारी (फोटोफिचर)

शुक्रबार, ३० पुस २०७८, १२ : १०
शुक्रबार, ३० पुस २०७८

निर्वाचन आयोगको आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाएपनि अहिले नेताहरु जाने क्रम जारी छ ।

बैठकका लागि एमाले नेता विष्णु रिमाल, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल लगायतका नेताहरु निर्वाचन आयोगमा पुगिसकेका छन् ।

 ‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप